Comments Add Comment

Advertisment

SKIP THIS

स्वच्छ र हरियाली काठमाडौँ बनाउने अभियानअन्तर्गत काठमाडौँमा फोहोर सङ्कलन दौड

२७ पुष ,काठमाडौ । शुक्रबार नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरु भएको दौड टंगाल,दक्षिण ढोका, एम्बेस्डर होटेल हुँदै पुन नारायण चौरमा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपाल टेलिकमका हरि ढकाललगायत विभिन्न क्षेत्रमा आबद्ध सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी रहेको आयोजक संस्था मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।

‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ सुन्दर, स्वच्छ र हरियाली काठमाडौँ सहर बनाउने अभियानअन्तर्गत मैनादेवी फाउन्डेसनले विगत लामो समयदेखि विभिन्न सामाजिक सचेतना र पर्यावरणका क्षेत्रमा कार्यक्रमहरू गर्दै आइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै