Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो

१६ माघ , काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनार अजा छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले घटेको हो ।

अघिल्लो दिन(सोमबार) प्रतितोला एक लाख ६ हजार तीन सयमा कारोबार भएको सुनको भाउ आज एक लाख पाँच हजार ८ सय तोकिएको छ । त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला एक लाख पाँच हजार ३ सय कायम भएको महासंघले जनाएको छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनको भाउ ८०० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

सुनको भाउ घट्यौ

सुनको भाउ ४ सय रुपैयाँले ओरालो