Comments Add Comment

Advertisment

SKIP THIS

सुनको भाउ ८०० रुपैयाँले घट्यो

३२ साउन , काठमाडौ । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको भाउ प्रतितोला एक लाख ५ सय पुग्यो

सुनको भाउ घट्यौ

सुनको भाउ घट्यो