Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ प्रहरीले गाँजा र हेरोइनसहित ३ जनालाई पक्राउ

मोरङ । प्रतिबन्धित लागुऔषध गाँजा र हेरोइन खरिद बिक्री गरेको आरोपमा मोरङमा तीन जना पक्राउ परेका छन् । आफ्नै घरमा लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ बस्ने २० वर्षीय सोनु भुजेल, सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने ४५ वर्षीय इन्द्रप्रसाद सुवेदी तथा वडा नम्बर ३ बस्ने ५७ वर्षीय नरबहादुर खड्का रहेका छन् । भुजेलको साथबाट प्रहरीले १२६ ग्राम गाँजा, सुवेदीको साथबाट १०९० मिग्रिाम हेरोइन र ३१८ ग्राम गाँजा तथा खड्काको साथबाट प्रहरीले १५४ ग्राम गाँजा फेला परेको छ । उनीहरूलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै