महोत्तरीको बर्दिबासबाट ६५ किलो गाँजासहित प्रहरीले अटो चालकलाई पक्राउ -
Comments Add Comment

महोत्तरीको बर्दिबासबाट ६५ किलो गाँजासहित प्रहरीले अटो चालकलाई पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिका-८ स्थितबाट करिब ६५ किलो अवैध लागु औषध गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै