नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी परिवारका ७० बर्ष देखि माथि (७० बर्ष कटेका) उमेर पुगेका (बुबा/आमा) जेष्ठ नागरिकहरुलाई सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा भोजन कार्यक्रम नेपाल पुलिस हेल्थ क्लब, भृकुटीमण्डपको प्राङ्गण/सभाहलमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष लक्ष्मी कुँवरले देश र जनताको लागि एउटा सुयोग्य सन्तानलाई जन्म दिई देश र जनताको सेवामा अहोरात्र समर्पित गराउनु हुने महान बुबा आमालाई उहाँहरुको त्याग र तपस्याको कदर गर्दै प्रशंसा स्वरुप सम्मान कार्यक्रम र प्रहरी कर्मचारीहरु देश र जनताको सेवामा २४ सै घण्टा तल्लित रहदा ड्यूटीको कार्यब्यस्तताले आफ्नो बुबाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा उहाँहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई हृदयगमन गरी नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत आयोजना गरिएको बताउनु भयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघकी महासचिव अनुश्री पाख्रीन, उपाध्यक्ष सिता ज्ञवाली, कोषाध्यक्ष कल्पना गिरी, कार्यक्रम सचिव सन्ध्या जोशी, सल्लाहकार निलम कडायत, सह – कोषाध्यक्ष कमला खनालज, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, कार्यसमिति सदस्य प्रेक्ष्यमा गोंगल, संगिता लम्साल, चेतना चन्द शाही, श्रीमती अनिता ढकाल पौड र राधा खतिवडा पोखरेलज्यू, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, जेष्ठ नागरिक बुबाआमाहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।






