Comments Add Comment

Advertisment

SKIP THIS

बारामा झारफुकको बहानामा बालिकालाई बलात्कार गर्ने मण्डललाई प्रहरीले पक्राउ

बारा । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

महागढीमाई नगरपालिका वार्ड नम्बर-२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको हो । बालिका मण्डककहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै