
२ माघ,काठमाडौ । त्रिशूली नदीमा गाडी खसेको सूचना आएपछि प्रहरीले उक्त गाडीको खोजीकार्य सुरु गरेको छ ।
स्थानीयले गाडी खसेको हुनसक्ने भन्दै खबर गरेपछि प्रहरीले खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।
“गाडी खसेको कसैले देखेको छैन । सडकबाट तलका बोटबिरुवा लछारिएको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बाह्रखरीसँग भने, “नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएपछि स्थानीले खबर गरेका थिए । अहिले प्रहरी परिचालन भएको छ ।” थप जानकारी हालसम्म नआएको उनको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना आएको उनले बताए ।