Comments Add Comment

Advertisment

SKIP THIS

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ खनियावास गाउँपालिका-५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा एक जनाको मृत्यु भएको हो ।

सडकबाट करिब १५ मिटर तल खसेको ट्रकमा सवार खनियाबास-५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन् ।

उनीहरूको नुवाकोटको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै