Comments Add Comment

Advertisment

SKIP THIS

गोरखामा पसल चोरी गरेको आरोपमा प्रहरीले भरतलाई पक्राउ

काठमाडौं: गोरखामा पसल चोरी गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा –५ पदेलथोक निवासी २८ बर्षका भरत राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पौष २४ गते बिहान ३ः०० बजेको समयमा गोरखा नगरपालिका–५ पदेलथोक स्थित गोरखा दरबार जाने बाटोमा कविता रानाले सञ्चालन गरेको शुभलक्ष्मी खाजा तथा नास्ता पसलबाट चुईगम, चोकोपाई चकलेट, चाउचाउ, लेज, कुर्कुरे, रेडबुल, स्टिलको कप, बिस्कुट लगायतका सर–सामानहरु चोरी गरेका थिए ।

उक्त पसलबाट १५ हजार ११० रुपैयाँ बरावरको सामाग्री चोरी गरेका थिए । सोही दिन बिहान ४ः०० बजेको समयमा गोरखा नगरपालिका–५ को पदेलथोक स्थित गोरखा दरबार जाने बाटोमा कृष्ण सिर्मलले सञ्चालन गरेको गोरखकाली डिजिटल फोटो स्टुडियोबाट प्रिन्टर १ थान सहित करिब ४० हजारबराबरको धनमाल चोरी गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

पक्राउ परेको भरत गोरखा नगरपालिका–८ आहाले भुषाल गाउँ घर भई हाल पदेलथोक बस्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ । चोरी भएका क्षेत्रका मानिसहरुले ब्यापक गुनासो गरे पछि प्रहरीले गरेको अनुसन्धानमा भरत राना संलग्न देखिए पछि उनलाई पौष २९ गते पक्राउ गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

पक्राउ परेका रानालाई माघ २ गते चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनलाई अहिले प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै