काठमाडौं । कपडा व्यापारी नरेश अग्रवाललाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले अग्रवाललाई २ करोड नगदसहित पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल बिहीबार राति क्षेत्रपाटीस्थित घरबाट पक्राउ परेका हुन् ।
विभागको टोलीले व्यापारी अग्रवालको गतिविधिमाथि निगरानी गर्दै आएको थियो । गोप्य सूचनाका आधारमा विभागको टोलीले अग्रवाललाई नगदसहित पक्राउ गरेको छ ।
व्यापारी अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको आशंका छ । सो विषयमा अग्रवालमाथि अनुसन्धान हुनेछ ।
मुलुकमा आर्थिक संकट भएको र पैसा कहाँ गयो भनेर सरकार तनाबमा परेका बेला कपडा व्यापारी अग्रवालको निवासमा ठूलो रकम फेला परेको छ ।
मारवाडीहरूले व्यापारको नाममा लुटको धन्दा चलाएको आरोप लागेका बेला विभागले छापामारेर रकम बरामद गरेको छ ।