काठमाडौँ । सशस्त्र प्रहरी बलले पशुपतिनाथमा लामो समयदेखि मर्मत हुन नसकेको यज्ञशाला मर्मत गरेको छ । ६ वर्षदेखि मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशाला मर्मत सम्भार गरिएको पशुपतिनाथ बाहिनी मुख्यालयका डिआईजी पुरुषोत्तम थापाले बताए ।

सशस्त्रले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा ‘क्विक ईम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत मन्दिर भित्रको यज्ञशाला र टुटफुट भएको मार्बलहरुको पुनः निर्माण र मन्दिरको बाहिरी भाग जीर्णोद्धार गरेको हो । बाहिनी नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति पुरुषोत्तम थापाले जीर्णोद्धार अवलोकन गरेर सदस्य सचिव राजु कुमार क्षेत्रीलाई ह्विल चेयर हस्तान्तरण गरेका छन् ।

डिआईजी थापाले ४ वटा ह्विलचियर हस्तान्तरण गरेका हुन् । शारीरिक अशक्तता भएका भक्तजनहरूले सो ह्विलचियर निःशुल्क प्रयोग गर्न पाउँछन् ।