१० माघ ,काठमाडौ । बुधवार बिहान काठमाडौको तार्केश्वर नगरपालिका -३ स्थित तिनपिप्ले चोक नजिक एउटा ट्रक चालकले चावी अफ नगरी गाडीमै राखिदिए । गाडीको इन्जिन स्टार्ट भइरहेको थियो । अचानक गाडी अगाडि बढ्यो र धार्मिक तुल झुन्ड्याइएको पोल नै ढालिदियो ।
संजोगवस मानिसको क्षती भने भएन तर अगाडि केही बस्तु वा मानिस भएको भए ठूलो दुर्घटना हुने सम्भावना थियो । त्यो चालकको लापर्वाहीले गर्दा नै भएको हो ।
गतसाल पनि लामबगरस्थित जरन्खु, काभ्रेस्थलीबाट यात्रु लिएर तुफानमा आइरहेको बसले बा १ ज ८३१९ नम्बरको भाडाको यात्रुबाहक ट्याक्सीलाई ठक्कर दिएर भागेको थियो ।
तर गाडीवाला फरार भएकोले ट्याक्सी चालकले न्याय पाएनन । उक्त नम्बर खुल्न नसकेको स्थिती थियो भने यता ट्याक्सी चालक र यात्रुहरु सकुसल छन । केहि महिना अघि मात्र जितपुरफेदीको सार्वजनिक यातायातले सानुबाईपासमा रङ साईड गई एक बालकलाई हानेर घटना स्थलमै मृत्यु भएको थियो ।
यो रुटमा बस चालकको लापर्वाहीको पराकाष्टा हिजो आजदेखि मात्र होइन । धेरै पहिलादेखि नै यात्रु पिकअप गर्ने होडबाजीले न त पैदल यात्रुको गन्तब्य ठीक हुने देखिन्छ न त चालकको बानि सुध्रिने स्थिति छ ।
गत वर्ष नै यहि सडकमा गाडी पल्टिदा कयौं यात्रु घाइते भएका थिए भने दुई जनाको निधन भएको खवर थियो । यसरी गाडीवालाको यो हेपाह प्रवृत्ति र अनुशासनहिनको यो पराकाष्टा कसरी र कहिले सुध्रिन्छ त ?
उता जति गाडीको संख्या थपिए पनि यात्रुलाई भने यात्राको क्रममा एकातिर भीडले गर्दा थकित हुन बाध्य पारिन्छ भने अर्कोतिर अर्कोतिर पर्स र मोबाइल चोरी होला भन्ने त्रास ! अझ गन्तब्यमा पुग्ने त कहिले कहिले ! यसरी आज तार्केश्वर नगरपालिका लगायत आम मनिसको यक्ष प्रश्न मुलभूत रुपमा ज्यानको सुरक्षा कसरी र कसले गर्ने ? सरोकारवालाको ध्यान यतातिर पनि जान्छ कि ?