Comments Add Comment

Advertisment

SKIP THIS

जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा प्रदान गर्न एसएसपी खत्रीको निर्देशन

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले मातहतका कार्यालयहरुको निरीक्षण गर्ने क्रममा आज प्रहरी वृत्त बौद्धको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

निर्देशनको क्रममा एसएसपी भुपेन्द्र खत्रीले आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न उहाँले निर्देशन गर्नुभएको छ ।

प्रहरी कर्मचारीहरुले उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै एसएसपी खत्रीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै