Comments Add Comment

Advertisment

SKIP THIS

संगीतकर्मी संघबाट कुनै पदीय दायित्वमा नरहने गरि ६ महिनाको लागि निलम्बन गायक राजेन्द्र कार्की

काठमाडौं । संगीतकार तथा गायक राजेन्द्रकुमार कार्कीलाई राष्ट्रिय संगीतकर्मी संघले ६ महिनाको लागि निलम्बन गरेको छ । राष्ट्रिय संगीतकर्मी संघको आज बसेको कार्य समितिको जरुरी बैठकले निर्वतमान अध्यक्ष राजेन्द्रकुमार कार्कीलाई संस्थाको विधि विधान अनुसार कुनै पनि पदीय दायित्वमा नरहने गरि ६ महिनाको लागि निलम्बन गरेको हो ।

सामाजिक सञ्जाल चलाउन नजानेकै कारण एक संगीतकर्मी आलोचित बनेका छन् । राष्ट्रिय संगीतकर्मी संघका निर्वतमान अध्यक्ष समेत रहेका गायक तथा संगीतकार राजेन्द्र कुमार कार्कीले सामाजिक सञ्जालमा फेसबुकमा गए राती रेडियो आहाका पत्रकार शरण हुमागाईंमाथि निकृष्ट शब्दहरु पोखे।

रेडियोमा ‘देउराली’ नामको कार्यक्रममा अन्तर्वार्तापछि कार्कीले फेसबुक मार्फत सञ्चारकर्मी हुमागाईंलाई गाली गलौज गरे । उनले पटक पटक राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका हुमागाईंको तस्बिर राख्दै चरित्र हत्या गरे । कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए ।

कार्की त्यतिमा मात्रै रोकिएनन् । जति रात छिपिदै गयो त्यती नै उग्रता प्रकट गर्दै गए । आफैंले जन्माएको, हुर्काएको संस्था ‘राष्ट्रिय संगीतकर्मी संघ’का बारेमा समेत टिप्पणी गरे । उनलाई यतिले पनि पुगेन गायक प्रकाश कटुवाल माथी पनि स्टाटसबाटै जाइलागे । रातभर उनले आफ्नै स्टाटसलाई शेयर गरिरहे । आफ्नो पोष्टमा आफैंले कमेन्ट पनि गरिरहे ।

सञ्चारकर्मी शरण हुमागाईंका अनुसार गायक तथा संगीतका राजेन्द्र कुमार कार्कीले माद्यक पदार्थ सेवन गरेर अन्वर्तार्ता दिनका लागि आएका थिए । उनको अवस्थालाई सञ्चारकर्मी हुमागाईंले सचेत गराएका पनि थिए । तर कार्कीले आफू सहज भएको बताएपछि अन्र्वाता लिएको हुमागाईंले बताएका छन् । सार्वजनिक भएको भिडियोमा पनि कार्कीले माद्यक पर्दार्थ सेवन गरेर बोलेको सहजै बुझ्न सकिन्छ ।

यसरी आफैं बिराउने आफैं रातभरी अराजक शैलीले एक सञ्चारकर्मीमाथी गाली गलौज र आक्षेप लगाएपछि ‘लोक सञ्चारकर्मी नेपाल’ले एक प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा ‘लोक सञ्चारकर्मी नेपाल’ले कार्कीको उक्त प्रहार हुमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी जगतमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै