Comments Add Comment

राजनीति शक्तिकेन्द्रका प्रभावशाली व्यक्तिहरुसँग सम्बन्ध रहेको भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं– विभिन्न राजनीतिक नेतृत्वका साथै देशी विदेशी शक्तिकेन्द्रका प्रभावशाली व्यक्तिहरुसँग सम्बन्ध रहेको भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भइ हाल काठमाडौंको बुढानिलकण्ड नगरपालिका भंगाल बस्दै आएका श्रीकान्त राउत रहेका छन्।

उनले नेपालका राजनीतिक उच्च नेतृत्व र देशी विदेशी व्यक्तिहरुसँग नजिकको सम्बन्ध रहेको भन्दै सर्वसाधारणहरुलाई विभिन्न बाहना बनाएर ठगी गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा राउतले एक जना व्यक्तिलाई उनको छोरालाई केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै दुई लाख ठगी गरेको भनी परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई डोनेशन मिलाइदिने, जागिर मिलाइदिने, छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाइदिनेभन्दै ठगी गर्ने गरेकोसमेत खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै