
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित मिस्लुङ क्षेत्रमा प्रहरीको टोली गस्तीमा खटिएको छ ।
नाम्चे बजार, हेलि प्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न प्रहरी हिउँमा गस्ती गरिरहेको छ ।
हिमपातको समयमा बढी वन्यजन्तु चोरी शिकारी हुने उजुरी आएपछि प्रहरीले हिमाली भेगमा गस्ती बढाएको हो ।