Comments Add Comment

Advertisment

SKIP THIS

ठगीमा पक्राउ परेका २६ वर्षीय डम्बर साह, डेढ वर्षमै १ अर्ब ४९ करोड बढीको कारोबार

काठमाडौं– ठगी आरोपमा पक्राउ परेका एक युवाले डेढ वर्षमै १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार गरेको पाइएको छ।

१ अर्ब ४९ करोडको अवैध कारोबार गर्ने व्यक्ति हुन् सप्तरीको राजविराज नगरपालिका–१० डुम्रीका २६ वर्षीय डम्बर साह । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

अनलाइन ठगीको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले विभिन्न व्यक्तिहरुलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए। साहले आफैंले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट गु्रप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए।

उनीविरुद्ध ३४ जनाले प्रहरीमा उजुरी दिएका छन्। साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट गु्रप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै