Comments Add Comment

दरबारमार्गको क्यासिनो प्यालेसबाट एक करोड ८ लाखसहित ३ जनालाई टेकु प्रहरीले पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड आठ लाखभन्दा बढी विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

उनले भने, ‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट रु एक करोड आठ लाख नौ हजार चार सय पैतालिस रुपैया त्रिहत्तर पैसा बरामद गरिएको छ।’

उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै