Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा झडप, माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

१८ बैशाख , काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा झडपका क्रममा नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएको आरोप लागेको छ ।

आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् ।

उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment