Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङलाई ३ वर्ष कैद, करिब ३ अर्ब जरिवाना

काठमाडौं । पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पतीलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको छ । अदालतले इच्छाराजलाई तीन वर्ष जेल सजाय र करिब ३ अर्ब रुपैयाँ जरिवानाको तोकेको छ ।

उनकी पत्नी सिर्जना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले आइतबार इच्छाराजलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । यस्तै सिर्जनालाई एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा डेढ वर्ष कैद सजाय सुनाएको हो ।

केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा डेढ वर्ष कैद सजाय भएको छ ।

पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज दम्पतीलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको माघ ७ गते दोषी ठहर गरेको थियो । सजाय निर्धारण भने आज (आइतबार) भएको हो ।

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा दायर भएको मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । इच्छाराज दोस्रो संविधानसभामा एमालेको तर्फबाट सदस्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै