Comments Add Comment

Advertisment

SKIP THIS

सीआईबीले पक्राउ गरेको अरुण चौधरीसहित तीन जनालाई आज म्याद थप गरिँदै

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जनाको आज म्याद थप गरिँदैछ।

बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुनस् म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएको सीआईबी स्रोतले बतायो ।

कानुन विपरीत संचालक समितिले आफूलाई फाइदा र तत्कालीन सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले २०४३ साल भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकार्य अध्यक्ष अजित नारायणले चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवेयर लिको नामक कम्पनी खडा गरेको पाइएको सीआईबीको जनाएको छ।

सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको त्यो कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छालाजुत्ताले २६ लाख बढी लगानी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै