Comments Add Comment

इमाडोलको एउटा घरबाट हाम फालेर आमा गम्भीर घाइते, २ बालबालिका मृत भेटिए

काठमाडौं– ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। ती बालबालिकाकी आमा भने ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।

शनिबार अपराह्न ४:३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबा ३६ वर्षीष रबिना महर्जनले हाम फालेकी थिइन्। ४ तलाबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थाम थिए।

रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए। ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी रबिनाको भने उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

बच्चाहरुको के कारण मृत्यु भयो भन्ने खुलि नसकेको जिल्ला प्रहरी परिसर ललितुरका एसएसपी शेखर खनालले बताए। आमाले हाम फाल्नुको कारण पनि खुलेको छैन।

उक्त घटना भएका बेला रबिनाका श्रीमान् भने घरमा नभएका पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै