Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको तिनपिप्लेमा देखियो अटो : आठमईलका स्थानियलाई खुसीको समाचार

१ फागुन , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिका वडा नं-३ स्थित तिनपिप्लेमा जनताको सुबिधाका लागि अटो (तिन पाङ्ग्रे साधन) सञ्चालनमा आएको छ ।

तार्केश्वरमा नजिकका दुरी,सजिलोका निम्ति र सहुलियत होस् भनि सञ्चालन ल्याईएको कुरा तार्केश्वर नगरपालिका वडा नं-३ अध्यक्ष पशुराम अर्यालले बताउनु भयो । यस अटो सेवा आज बाट सञ्चालनमा ल्याईएको हो भने यसको उद्घाटन तार्केश्वर नगरपालिका वडा नं ३ का अध्यक्षले रिभन काटेर गरेका छन् ।

हाल अहिले बिशेष गरेर तिनपिप्ले चोक हुँदै देवीस्थान ,आठमईल,आपचौर ,मुड्खु , बैखु हुँदै बाईपास जानका निम्ति तोकिएको छ। यसको भाडा दर प्रति व्यक्ति तिनपिप्ले बाट बाईपास गएको ५०-६० रहने जानकारी स्रोतले जनाएको छ ।

अटो चलिरहदा तार्केश्वर-३ आठमईल, देवीस्थान ,मुड्खुका स्थानिय खुसी भएका छन् । स्थानिय भनाई : अब अटोले दिर्घकालिन लिन्छ कि लिदैन हेर्न बाकि छ । माईक्रो बस जस्तो एकादेशको कथा बन्दैन होला नि भनेर प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment