”गरे काम असम्भव के छ र” ? -
Comments Add Comment

Advertisment

SKIP THIS

”गरे काम असम्भव के छ र” ?

२३ असार , काठमाडौ । नेपालमा गत ११ महिनामा मात्र करिब सवा अर्बको अम्रिसोको कुचो निर्यात भएको छ ।

ब्यापार तथा अन्य आर्थिक मामलामा नेपाल पछि पर्नुको कारण जाँगर नभएर हो र यदि जाँगर हुने हो भने काममा सफलता पाइने रहेछ भन्ने प्रमाण कुचो ब्यवसायबाट प्रष्ट देखिएको छ ।

चालु आ.व.साउनदेखि जेठसम्म उक्त रकम वरावरको अम्रिसाको कुचो भारत तथा बंगलादेशमा निर्यात भएको कुरा नेपाल कुचो ब्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले बताएका हुन् ।

यसै समाचारलाई कान्तिपुर तथा नागरिक दैनिक तथा विभिन्न अललाइन मिडियाले प्राथामिकताकासाथ संप्रेषण गरेका छन । नेपालमा संम्भावित यस्ता धेरै उद्योग ब्यवसायहरु छन् जसमा जाँगर चलाउने हो भने यस क्षेत्रमा प्रगति ब्यापक रुपमा गर्न सकिन्छ तर सरकारी निकाय र सम्बन्धित ब्यक्तिहरुमा खासै चासो दिइँदैन र स्वदेशमा नै यस्ता रचनात्मक काम गर्नुको बदलामा सदैव विदेश मोह जागेपछि यो क्षेत्र पछाडि परेको छ ।

त्यसैले अव सरकारी निकाय तथा अन्य सरोकारवाला ब्यक्तिहरुबाट यस्ता कयौं घरेलुसामानहरु स्थानीय रुपमा नै उत्पादन गरी प्रशस्त मात्रामा निर्यात गर्नेतर्पm अग्रसरता देखाउनुपर्दछ । काम गर्ने तत्परता देखाउने हो भने असम्भव भन्ने कुरा केही छैन । यसरी देशको अर्थतन्त्र मजवुत हन्छ र स्थानीयस्तरमा पनि रोजगारीको सिर्जना हुन सक्ने कुरामा दुई मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment