२६ मंसिर काठमाडौ । तारकेश्वर ११ को नेपालटारस्थित एन आर कलेजले शनिबार शिक्षक तालिम सम्पन्न गरेको छ ।

शिक्षण सिकाई, विधी र अनुसन्धान विधीको बारेमा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सिप विकास गर्ने उद्देश्यले शिक्षक तालिम सञ्चालन गरेको एनआर कलेजका प्राध्यापक श्यामकृष्ण विष्टले बताउनुभयो ।

एन आर कलेजको आयोजना तथा तारकेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा शिक्षा विज्ञ प्रा. डा. पेशल खनालले शिक्षकहरूलाई शिक्षक सिकाई विधी र अनुसन्धान पद्धतिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख राजिप धिताल र प्राध्यापक श्यामकृष्ण विष्टले कार्यक्रमको आवश्यकता र उपायहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा विभागिय प्रमुखहरू र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चित्रध्वज थापा र सदस्य अभिमन्यू बस्नेतको पनि उपस्थिति रहेको थियो ।
तालिममा ५० जना शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । तालिम पश्चात विद्यार्थीहरूलाई कक्षा कसरी लिने र कक्षा प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको कुरा प्रा। श्यामकृष्ण विष्टले बताउनुभयो ।





