वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङ सामाखुसीबाट पक्राउ -
Comments Add Comment

वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङ सामाखुसीबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।

तामाङले गणेश बिसीसमेत २ जनालाई वैदेशिक रोजगारीमा रुस पठाएर कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तामाङलाई फागुन २ गते सामाखुसीबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै