काठमाडौं । प्रहरी प्रभाग, बलम्बुमा गोली लागेर दुई जना घाइते भएका छन् ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए । त्यसक्रममा गोली चलेको हो ।
सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ सिपाही आशिष जैसवाल घाइते भएका छन् । डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो । बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ ।
उनको अवस्था खतरामुक्त रहेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । इन्स्पेक्टरमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए ।
घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताइएको छ ।





