Comments Add Comment

Advertisment

SKIP THIS

चितवनको कमाण्ड सम्हाल्दै एसपी भावेशले भने बोलेर होइन उत्कृष्ट काम गरेर देखाउछु

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको रुपमा एसपी भावेश रिमालले कमाण्ड सम्हालेका छन् । सोमबार कार्यालयमा हाजिर भएर एसपी रिमालले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।

देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । विभिन्न स्थानमा प्रमुखको जिम्मेवारी सम्हालेका रिमाल अब्बल प्रहरी अधिकृत मानिन्छन् ।

एसपी रिमालले भने, चितवन जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रमुखको रुपमा समेत काम गरिसकेका थिए ।

म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लिन हुनेछु उनले भने, ‘चितवनमा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफूले कुनै पनि कसुर बाँकी नराख्ने छैन्। ‘म दवाव र प्रभावमा होइन्, जनताले अनभूति गर्ने गरी सबैको लागि काम गर्नेछु, यहाँको चुनौतीलाई अवसरको रुपमा लिने छु, बोलेर भन्दा कामले देखाउछु उनको थप भनाई थियो।

जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै