काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न एक जनालाई मंगलवार काठमाडौंको गोठाटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका घर भई हाल जिल्ला काठमाण्डौ जोरपाटी बस्दै आएका २७ वर्षीय फुर्वा तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका वडा नं.०८ गोठाटारको पहेलो पुल स्थित बागमती प्रदेश ०२, ०४० प १७२० नं. को कालो रंगको पल्सर मोटरसाईकल प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा भेटिएको उक्त बाईक सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका घर भई हाल जिल्ला काठमाण्डौ जोरपाटी बस्ने चरी बहादुर तामाङ्गको छोरा बर्ष २७ को फुर्वा तामाङ्गले चलाउदै हिडेको भेटिएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकम खटाएको प्रहरीले उक्त बाईक फेलापारी चेक जाँच गरी बुझ्दा च्यासिस तथा ईन्जिन भएको मोटरसाईकलको वास्तविक नम्वर बाग्मती प्रदेश ०२,०३१ प २५५८ नम्वर खुल्न आएको र साथै उक्त बाईक जोरपाटी ओरालो भएको सडकबाट हराएको भनेर खोज तलासको लागि सिन्धुपाल्चोक बासखर्क ३ घर भएका दिलिप श्रेष्ठले निबेदन दिएका थिए ।

उक्त मोटरसाईकल चालक फुर्वा तामाङ्गलाई प्रहरीले तत्काल पक्राउ गरी आवश्यक छानबिन तथा कारवाहीको लागी प्रहरी वृत्त बौद्ध अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाण्डौ बुझाईएको ट्राफिक कार्यलय जनाएको छ ।