उदयपुर । उदयपुरमा लागू औषधसहित एक जना युवक पक्राउ परेका छन् । बेलका नगरपालिका-९ रामपुर बजारको झण्डा चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय निकेश पराजुलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।