Comments Add Comment

Advertisment

SKIP THIS

बाराबाट नक्कली नोट दिई सामान खरिद गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ

काठमाडौं: बाराको निजगढ नगरपालिका– ९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन्।

बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दीपेन्द्र माझी नक्कली भारतीय नोटसहित निजगढबाट पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै