Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुई जनालाई बनेपाबाट प्रहरीले पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

बिहीबार भक्तपुर सूर्यविनायक नगरपालिका-७ का ५० वर्षीय वासुदेव न्यैपाने र ५२ वर्षीय रोशन पोखरेल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार माघ १२ गते बनेपा नगरपालिका-५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै उनीहरूले पहिलोपटक ठगी गरेका थिए ।

उनले बेकरी पसलमा गएर अनुगमनको लागि आएको भन्दै पसल सिल गरिदिने भनी डर देखाएर १० हजार रुपैयाँ ठगी गरेका थिए ।

पुनः बुधबार उनीहरू पसल अनुगमन गर्न भन्दै अर्को बेकरीमा प्रवेश गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ठगी गरेको खुलेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै