माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एकजना पक्राउ -
Comments Add Comment

माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‌ओखलढुंगाका ६७ वर्षीय दलबहादुर बस्नेतलाई पर्साको राधेमाईबाट पक्राउ गरेको हो ।

उनले सेक्युरिटी गार्डमा २ लाख २० हजार तलब पाउने र १२ लाख खर्च लाग्ने भन्दै पीडितहरूलाई प्रलोभन देखाएका थिए।

बस्नेतले गणेश लामासहित चार जनासँग पटक पटक गरी २४ लाख ठगी गरी फरार बनेका थिए । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै