आधा केजी सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने भारतीय महिलालाई प्रहरीले विमानस्थलबाट पक्राउ -
Comments Add Comment

आधा केजी सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने भारतीय महिलालाई प्रहरीले विमानस्थलबाट पक्राउ

काठमाडौँ । तरल सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने भारतीय महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले आरोपीको साथबाट करिब आधा केजी सुन बरामद गरेको छ ।

अवैध सुन ल्याएको आरोपमा भारतेको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा सुलतना बुसारालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । दुबईबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ आएकी उनले खेलौना र कफीको कार्टुनभित्र लेपन गरेर सुन ल्याएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै