Comments Add Comment

६२० किलो लागूऔषध गाँजासहित धादिङबाट प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं: पृथ्वी राजमार्ग अन्तरगत गजुरी गाउँपालिका – २ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागू औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई ६२० किलो ४४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

ट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर ६२०.४४ के.जी लागू औषध गाँजा ४५ प्याकेट फेला पारेको केसीले बताउनुभयो ।

बरामद गरिएको गाँजा बिक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै