Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिबन्धित लागु औषध सहित तनहुँबाट एक यात्रुलाई प्रहरीले पक्राउ

काठमाडौं: प्रतिबन्धित लागु औषध सहित प्रहरीले तनहुँबाट एक यात्रुलाई नियन्त्रणमा लिएको छ।

रुपन्देही समरीमाई गाउँपालिका घर भएका ३६ वर्षिय सलिम धुनियालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले मंगलबार नियन्त्रणमा लिएको हो।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं- ४ स्थित पृथ्वी राजमार्ग अन्तर्गत चेकजाँच गर्ने क्रममा धुनियाको साथबाट प्रहरीले लागुऔषध फेला पारेको थियो।

मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको यात्रु बाहक बसमा सवार धुनियाको साथबाट लागु औषध फेनेर्गन ‘२ एमएल’ को एम्पुलन २९८ थान, बुप्रेनोर्फिन २ एमएल’ को एम्पुलन २९८ थान, र डायजेपाम ‘२ एमएल’ को एम्पुल २९८ स्थान गरी जम्मा ८९४ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

पक्राउ परेका धुनियालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै