काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले माघ महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी सहायक हवल्दार जित बहादुर खत्रीलाई सम्मान गरेको हो ।

ट्राफिक पुलिस अफ दी मन्थको सुरूवातसँगै प्रहरी बृत्त लैनचौर दरवन्दी भई ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जित बहादुर खत्री ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मानित भएका छन् ।

प्रहरी सहायक हवल्दार जित बहादुर खत्रीले विदेशी तथा स्वदेशी, अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुको सवारी अवागमनलाई सहज बनाउने, ट्राफिक नियम उल्लंघन गर्ने बढी भन्दा बढी सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि विभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरसः पालना गर्दै आफूलाई खटाईएको स्थानहरुमा सवारी अवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन सक्रिय भएर लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

प्रहरी सहायक हवल्दार जित बहादुर खत्रीले आफूलाई तोकिएको जिम्म्मेवारी विवाद ‍रहित तवरलले पूरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट समेत सकारात्मक पृष्ठपोषण प्राप्त भएको हुँदा निजलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट २०८० माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको जानकारी दिइएको छ ।