Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटबाट अवैध रुपमा भित्र्याउँदै गरेको एक ट्रक रासायनिक मलसहित प्रहरीले दुई जनालाई पक्राउ

रौतहट- जिल्ला प्रहरी कार्यलय रौतहटले एक ट्रक रासायनिक मलसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट आएको सवारी जेकजाँच गर्ने क्रममा परालको भुसभित्र लुकाएर ल्याएको करिब ५० हजार मूल्य पर्ने ६९ बोरा युरिया रासायनिक मल बोकेको ट्रकसहित दुई जनालाई पक्राउ गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चितवन टाँडी नगरपालिका वडा नं.१३ बस्ने बर्ष ५६ का ट्रक चालक सुनिल दरै र रत्ननगर नगरपालिका वडा नं.१३ बस्ने ५३ वर्षीय ट्रक धनि गोबिन्द भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै