Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालको रमिता हेरेर आफै डाक्टर, वकिल, पुलिस बन्ने जमाना आयो : उर्मिला रेग्मी

उर्मिला रेग्मी : हाम्रो नेपालमा कति यस्ता मान्छे छन् होला है, जसले जे भने पनि हो भन्दै सहि थाप्ने, सहि कुरा के हो थाहा नभई बोल्ने। ठूलो आवाज मा कोही कराउदै मा, रुदै मा अरूको अगाडि तेही सहि हो भन्ने कति गलत सोच भएका मान्छेहरू ।

मलाई कता बाट के लेख्न सुरु गरौ, जसले बुझ्दैनन् कुराहरू उनीहरू कै लागि नै किन म लेखदै छु होला जस्तो लाग्दै लेखदै छु तेहिपनि.

एउटा बच्चालाई जन्म दिए पछि उसको हेरचाह गर्नै जिम्मेवारी बाबा आमा को हुन्छ यो सबलाई जानकारी नै छ होला । सालिनले सानै बाट आफ्नो बाबा आमा को माया के हो, बाबा ले छोरी भन्दै बोलाउदा कस्तो अनुभव हुन्छ होला भन्ने त्यो अनुभव कहिल्यै उनीले गर्न पाहिनन् र हो पनि त्यो कुरा बुबा साथमा नहुनेले बुझ्लान् राम्रो सँग, आमा को माया पनि पाहिनन्।

आमा बाबा नभयेर नपाइएको भए अर्कै कुरा हुन्थ्यो, बाबा आमा दुवै जना अर्कै सँग बिहे गरेर बसेको कसले कुन बच्चा ले देख्न सक्छ, आमा पाकिस्तानी केटा सँग बिहे गरेर आफ्नै दुनियाँ मा मस्त, बाबा अर्कै सँग मस्त, त्यो छोरी बाबा आमा को माया पाउने उमेर खेल्ने, घुम्ने उमेर को नानीको मन मा त्यो आफ्नै बा आमा ले समेत ख्याल नगरी बलात्कार भन्न पुगे।

जसलाई छोरी को हाल समेत सोधन फुर्सद नहुने गैरजिम्मेवार बा आमा लाई छोरी मरे पछि मेरो छोरी भन्दै नाटक गरेर, विद्यालय प्रशासनलाई नराम्रा गाली, आरोप दीन पाउदैन।

साथै, बाबा ले मिडिया मा warden ले नराम्रो ब्यबहार गरेको थियो कुट्ने, उसलाई मैले खान को लागि पठाईदिएको खाने कुराहरू खोसिदिने, गाली गर्ने भन्दै नराम्रा इज्जत माथि दाग लाग्ने कुरा आरोप लगाइएको छ, ल मानउ यदि त्यो कुरा सत्य हो भने पनि पहिलै थाहा पाउने बित्तिकै आफ्नो छोरीलाई सुरक्षा दिनका लागि आफै सँगै लगेको भए हुन्थ्यो किन नलगेको ?

फेरि बाबा त विदेश थिए रे भन्ने पनि खबर आको छ विदेश भको लाई कसरी थाहा भयो?
बिदेश भको मान्छे ले खाने कुराहरू कसरी पठाइदिए किनेर ?

त्यस्तो छ भन्ने थाहा भए पछि कसैलाई होस्टेल बाट निकाल्न लगाउनुपर्ने किन गरेनन्?
आफ्नो छोरी को बारेमा यति सम्मको घटिया कुरा कसैले कसरी भन्न सक्छ, त्यो पनि छानबिन हुनु अगावै, ल न्याय नपाहिएला नबोले सम्म भनेर भन्नु आवाज उठाउनु ठीकै हो, तर नभयको गलत गलत कुरा भनेर मिडियामा आएर न्याय पाइन्छ ?

मिडिया मा सालिन को अङ्कलहरू काम गर्ने रहिछन् र सबै भएका जति सबै मिडिया लिएर आएका, मिडिया झन् खत्तम चीज रहेछ एकोहोरो कुरा दुवै पक्ष को कुरा नहाली सिधै बलात्कार भनेर हाल्ने, झन् आगो लगाउने काम मिडिया को थियो पैसा को लोभ मा जे हाल्दा पनि भयो।

सालिनको बाबाको भनाई अनुसार vagina भित्र चोट लागेको छ भन्ने कुरा आयेको थियो तर रिपोर्ट अनुसार त सालिन को vagina को सिल पनि नतोडिएको बताइन्छ,

पीडित आफैँमा पीडित हुन्छ उसलाई कसैले नराम्रो दृष्टिकोणले हेर्दैन तर यहाँ पीडित आफैले नभयको कुराहरू भनेर विद्यालय साथै ३ जना शिक्षकको बदनाम गरेर मिडियामा हो हल्ला गर्दैमा गलत कुरा सहि हुन्थेन होला।

पूरै घटना बुझदै गर्दा सालिनको परीवारले न्याय त यसै मिल्दैन किन कि बलात्कार भएको छैन तर इज्जत चैं विद्यालयको गिराउनु पर्छ भन्ने देखिन्छ,

उनीहरूले अझै पनि न्याय मिलेन डाक्टर, पुलिस, कानुन, सबैलाई किने भन्दै अझै आफ्नो औकात बाट बाहिर आउनुभएको छैन।

अनि हामी हाम्रो अगाडि सबै छर्लङ्ग हुँदा पनि न्याय पाइएन भन्ने पैसा मा किने भन्ने कस्ता हामी? हाम्रो सोच कस्तो? सबै मान्छे रोयो करायो भन्दै मा पीडित हुन्छ र, त्यस्तो आरोप लगाउदा ३ जनाकै परिवारमा के बितिरहेको होला कसैले बुझदैन, कानुनलाई आफ्नो काम गर्न दिँदैन अनि बोलेर फाइदा दोष लगाएर के फाइदा छ,

रिपोर्ट मा बलात्कार भएको भनेर आउनु पर्ने हो? अनि बल्ल न्याय मिलेको हुने हो?

अब हामी YouTube, media जस्ता बिभिन्न सामाजिक सञ्जाल को रमिता हेरेर आफै न्यायाधीश, आफै डाक्टर, आफै वकिल, आफै पुलिस बन्ने???

न्याय दियो भने पैसा खायो र बचायो भन्ने, न्याय नपाउँदा न्याय दिँदैन घटिया भन्ने कि आफु पनि अलि शिक्षित बनेर त्यो घटनाबाट आफ्नो जिबन मा पनि त्यस्तै घटना आउन सक्छन् भनेर केही सिक्ने हो??

निष्कर्ष :- सालिनको आमा बुबाले उसको साथ सानैमा छोडेर गएकाले, सालिनलाई एक्लो महसुस साथै उसको कोही दुःख सुख बुझिइदिने नभयको कारणले + उसले आफ्ना साथीहरू सँग पनि मेरो त कोही छैन घर पनि तिमीहरूको त छ, भनि गुनासो पोखेकि थिइन् , त्यति सानो उमेरको बच्चालाई छोडेर जाने अहिले घटना सुन्ना साथ दौडेर आउने बाबा आमाले छोरीको बारेमा केही खबर पनि नखोजेको कारण उसलाई आत्महत्या गर्नुको कारण नै उसकै आफ्नै बुबा आमा हुन्।

आफ्नो छोराछोरीको जिम्मा आफै लिनु होला साथै कुनै कारण बस् छोड्नुपर्ने अवस्था सिर्जना भएमा सालिनलाई जस्तो कसैको पनि साथ माया नपाएको जस्तो कमी महसुस हुन नदिनुहोस्, कुनै घटना बाट हामीले ज्ञान लिएर सतर्कता अपनाउनु साटो, अरूको खेदो खन्दै नहिड्नु होला।

जसरी बलात्कार भएको भन्ने गलत खबर सबैको कानमा पुग्यो, त्यस्तै गरि यो सत्य खबर पनि सबैको कानमा पुगोस्। ❤️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै