कास्की प्रहरीद्वारा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदूषण गर्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा -
Comments Add Comment

कास्की प्रहरीद्वारा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदूषण गर्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– मोडिफाई (स्वरुप परिवर्तन) गरेर ध्वनी प्रदूषण गराएको आरोपमा कास्की प्रहरीले ६८१ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र कास्की ट्राफिकको संयुक्त प्रयासमा ६८१ थान मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

गत भदौ २५ गते फागुन २० गतेसम्मको अवधिमा उक्त मोटरसाइकलहरु नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ। ६८१ थान मोटरसाइकललाई कारबाही गर्दै ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्वसमेत संकलन गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताए ।

समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनी प्रदूषण गर्ने कार्य बढिरहेको भन्ने जनगुनासो आएपछि प्रहरीले अपरेशन नै चलाएको थियो। स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरु मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागी यातायात कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने प्रहरीले जनाएको छ।

साथै उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप सञ्चालकसमेतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै