Comments Add Comment

Advertisment

SKIP THIS

कञ्चनपुरका अनुश रानाको हत्या आरोपमा बेलौरी नगरपालिका वडाध्यक्षसहित ६ जना पक्राउ

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गएको कात्तिक २४ मा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन् ।

वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको डीएसपी डाँगीले बताए । मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए ।

सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ । पक्राउ परेका ६ जना नै घटना भएको दिन मृतक रानासँगै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै