नेपाल प्रहरीको क्विक रेस्पोन्स टिममा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक -
Comments Add Comment

नेपाल प्रहरीको क्विक रेस्पोन्स टिममा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी)मा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक गरेको छ ।

बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरी क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने भएको हो । क्युआरटी मोटरसाइकललाई प्रदान गरिएका सामानहरुमा जिपिएस ट्रयाकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, हेल्मेट, नि गार्ड, एल्बो गार्ड, ग्लोभ्स, चेस्ट भेस्ट, सन ग्लासेस, रेडियो सेट, लाइट विथ साइरन छन् ।

कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले क्विक रेस्पोन्स टिम उपकरण टोली शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका महत्त्वपूर्ण सावित हुने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा कायम गर्न अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै