काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ३ दिन कैद सजाय हुने फैसला भएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भएर गोकर्णेश्वर बस्ने ३८ वर्षीया विद्या गुरुङ छिन् ।

उच्च अदालत पाटनले उनलाई ८ लाख जरिवान हुने ठहर गरेको छ । न्हुच्छेमाया श्रेष्ठको जाहेरीले दोषी ठहर भएकी गुरुङलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।