Comments Add Comment

Advertisment

SKIP THIS

वीरगन्जको क्यासिनो सिएमजी क्लबबाट ४ जना नेपालीलाई पर्सा प्रहरीले पक्राउ

पर्सा। प्रहरीले वीरगन्जस्थित भिष्वा होटलको क्यासिनो सिएमजी क्लबबाट ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका-१५ भिश्वा होटलको क्यासिनोबाट चार नेपालीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–१५ का ३२ वर्षीय प्रताप लामा क्लबको सेक्युरिटी गार्ड, सर्लाहीको बरहथवा नगरपालिका–११ का ३४ वर्षीय उमेश कार्की क्लबकै मार्केटिङ म्यानेजर, वीरगञ्ज–१६ का ३४ वर्षीय पप्पु सिंह क्लबको मनिटर र वीरगञ्ज–८ का ४० वर्षीय सुरजकुमार कलवार छन् ।

होटलको क्यासिनोमा नेपालीहरुलाई छिराउँदै अनधिकृत रुपमा जुवा खेलाउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरी टोली क्यासिनोमा प्रवेश गर्न खोज्दा क्यासिनोका कर्मचारीहरुले नै अवरोध गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनो संञ्चालकलाई भने पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै