एसपी कुमोध पर्सा पुगेसंगै तस्करहरुको भागाभाग : तस्करी नियन्त्रण गर्न विशेष अप्रेन थाले -
Comments Add Comment

Advertisment

SKIP THIS

एसपी कुमोध पर्सा पुगेसंगै तस्करहरुको भागाभाग : तस्करी नियन्त्रण गर्न विशेष अप्रेन थाले

काठमाडौं: पर्सा प्रहरी प्रमुखको रूपमा एसपी कुमोध ढुंगेलले जिल्लाको जिम्मेवारी सम्हाले सङै तीव्रगतिमा अवैध कारोवार तथा कानुन विरोधी कारोवारी विरुद्ध अप्रेन थालिएको देखेर तस्कर, अपराधी, भ्रष्ट कर्मचारी र सशस्त्र प्रहरीबीच हलचल मच्चिएको छ ।

सीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधि र तस्करीको सञ्जाल तोड्न सक्रिय भएको हो । चोरी, तस्करी, अवैध कारोबार तथा हतियार ओसारपसार लगायतका आपराधिक गतिविधि नियन्त्रणमा आउन थालेको एसपी कुमोध ढुंगेलले बताए ।

गैरकानुनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपीले बताउनु भयो । अवैध रुपमाहुने गतिविधिलाई निरुत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने प्रमुख ध्येय रहेको उहाँको भनाई छ । एसपी ढुंगेलले भन्नुभयाे- ‘तस्करीलाई नियन्त्रण गर्न विशेष योजना बनाएर अघि बढेका छौँ, कानुन भन्दा माथी कोही छैन्, गलत गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउने छाैं ।’

एसपी ढुंगेलको आगमन सङै ठूला सेटिङमा हुने गरेको तस्करी सञ्जाल तोडिन थालेको छ । उनी आएपछि पर्सामा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ ।

अब भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कार्वाही अतिरिक्त पशुपंक्षीलाई क्रुर ब्यवहार देखाउनेलाई मुद्दा दर्ता गरी प्रक्रिया अगाडी बढाएका छौं । ढुंगेलले भने “यसलाई अभियानकै रुपमा अब निरन्तर लैजाने छौं । खुला सीमानाका कारण जिल्लाको मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि सीमादेखि सहरसम्म प्रहरीले विशेष निगरानी बढाएको छ ।

विभिन्न शक्तिको आड लिएर प्रहरीले केही गर्न सक्दैनन् भनेर दम्भ देखाउनेहरुको मनोबल कमजोर हुँदै गएको उनको दाबी छ । सर्वसाधारणहरु आफ्ना गुनासा, समस्या बोकेर प्रहरी अधिकृत र प्रमुखसम्म पुर्‍याउन सक्ने वातावरण निर्माण भएको छ । प्रहरी कार्यालयमा बिचौलियाको प्रवेशलाई जिल्लादेखि मातहतसम्मै निषेध गरिएको उनलेे बताए ।

अहिले पीडित स्वयं प्रहरी अधिकृत समक्ष आफ्ना पीडा सुनाउने वतावरण बनेको छ, उनले भने । अपराध गर्ने अपराधीहरुबिरुद्ध पर्सा प्रहरी कडा एक्सन र सर्वसाधारण नागरिकसँग मधुर व्यवहार गर्न जिल्लादेखि मातहतका सबै प्रहरी इकाइलाई मेरो स्पष्ट निर्देशन छ । सोही अनुसार प्रहरीले आफ्नो काम गरिरहेका छन्, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3