Comments Add Comment

Advertisment

SKIP THIS

सौर्य विमान दुर्घटना : आज थप ६ जनाको शव परिवारलाई बुझाइँदै

१२ साउन , काठमाडौ । सौर्य एयरको विमान दुर्घटनामा मृत्यु भएका थप ६ जनाको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मासहित अन्य तीन जनाको शव बुझाइन लागिएको हो ।

यसअघि शुक्रबार ६ जनाको शव परिवारले बुझेका थिए । को(पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धव पुरी, श्याम बिन्दुकार र अस्मिन निरौलासहित थप एक जनाको शव परिवारलाई बुझाइएको थियो ।

केही मृतकका आफन्तले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट भएपछि मात्रै शव बुझ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै