Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेत्री कंगना बनिन् भाजपाको लोकसभा निर्वाचनको उम्मेदवार

१२ चैत , काठमाडौ । बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी ९भाजपा० को उम्मेदवार बन्ने भएकी छन्।

आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ जसमा कंगना रनौतलाई मंडीबाट टिकट दिइएको हो।

‘मेरो प्यारो भारत र भारतीय जनताको पार्टी भारतीय जनता पार्टीलाई मैले बिनासर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ,’ टिकट पाएपछि कंगनाले ट्विट गर्दै भनेकी छिन् ।

यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन् ।

भाजपाले आइतवार लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पाँचौँ सूची घोषणा गर्‍यो । यो सूचीमा १११ सिटका उम्मेदवारको नाम समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै