Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देही प्रहरीले लागुऔषधसहित तीनजना युवाहरूलाई पक्राउ

रुपन्देही । रुपन्देहीमा लागुऔषधसहित तीनजना युवाहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३ निवासी १९ वर्षीय अनरजित यादव, सोही ठाउँका १९ वर्षकै आशिष धोवी र सिद्धार्थ नगरपालिका–१ का २९ वर्षीय सहदेव हरिजन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेका युवाहरूको साथबाट ७५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

लु ४८ प ८८७ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल समेत बरामद गरिएको भट्टले बताए। उनीहरूलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरी सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै