बाराबाट खटिएको प्रहरीले एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्डलाई पक्राउ -
Comments Add Comment

बाराबाट खटिएको प्रहरीले एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्डलाई पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको छ ।

बाराको देवताल गाउँपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नम्बर २ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।

यस्तै बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोद प्रसाद यादव पक्राउ परेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै